सामलिङ्गको आईपीओ आजदेखि खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामलिङ्गको आईपीओ आजदेखि खुला

IPO

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।  सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);