कृषि बैंकमा आर्थिक हिनामिना : थप दुई कर्मचारी निलम्बनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कृषि बैंकमा आर्थिक हिनामिना : थप दुई कर्मचारी निलम्बनमा

चितवन । चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो । शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरूले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको स्रोतले बताएको छ ।

‘बैंकबाट कर्मचारीले पनि ऋण लिएका हुन्छन् । त्यस्तो पैसा कर्मचारीले मिटर ब्याज अथवा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएका हुन् । त्यस्तो गर्न कानुनतः पाइँदैन’, ती कर्मचारीले भने ।

त्यसरी दिएको सापटी पैसाबाट कर्मचारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यसरी सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ । भट्टराई र सापकोटालाई १० दिनअघि नै निलम्बन गरी छानबिन प्रक्रियामा तानिएको हो । 

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुईजना र प्रदेश कार्यालयबाट एकजना गरी तीनजना कर्मचारीले छानबिन गर्दै छन् । छानबिन समितिलाई जतिसक्दो चाँडो छानबिन प्रतिवेदन दिन भनिएको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);