सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी सिमेन्टको मूल्य बढायो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी सिमेन्टको मूल्य बढायो

Cement

काठमाडौं, २७ पुष । पछिल्ला दिनमा ब्यवसायीले सिमेन्टको मूल्य अत्याधिक बढाएको आरोप लागिरहेको बेलामा सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी मूल्य बढाएको तथ्य फेला परेको छ । निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्य प्रतिबोरा बढीमा १ सय ३० रुपैयाँ मात्रै मूल्य बृद्धि भएको समयमा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले प्रतिबोरा १ सय ५० रुपैयाँ मूल्य बढाएको छ ।

हेटौंडा सिमेन्टले आफ्नो उत्पादनको एक्स फ्याट्री मूल्य प्रतिबोरा ९ सय १३ रुपैयाँ तोकेको छ । जुन अन्य उद्योगको तुलनामा निकै धेरै हो । यसअघि प्रतिबोरा ७ सय ६० रुपैयाँ रहेको मूल्य एक्कासी बढेर प्रतिबोरा ९ सय १३ रुपैयाँ पुगेको हो । काठमाडौंका उपभोक्ताले हेटौडा सिमेन्ट किन्न प्रतिबोरा १ हजार १० रुपैयाँ तिर्नुपर्छ ।

पछिल्लो दिनमा कोइलाको मूल्य अत्याधिक बढेको र बिगत २ बर्षदेखि सिमेन्टमा मूल्य नबढाएकोले यस पटक मूल्य बढाउनु परेको हेटौंडा सिमेन्टले जनाएको छ । कर्मचारीको तलव वृद्धि २ बर्षमा २५ प्रतिशत भन्दा बढिले बढेकोले मूल्य बढाउनु परेको उद्योगको दाबी छ ।

अर्को सरकारी उद्योग उदयपुर सिमेन्टको मूल्य ९ सय ९ रुपैयाँ फ्याट्री मूल्य तोकिएको छ । यस अघि ८ सय ५२ रुपैयाँ प्रतिबोरा मूल्य रहेको सिमेन्ट पुस १८ गतेबाट लागू हुने गरी ९ सय ९ रुपैयाँ बनाईएको हो । उदपपुर सिमेन्ट काठमाडौं ल्याउन चाहने उपभोक्तालाई गाडी भाडा १ सय ५० रुपैयाँ र डिलर कमिशन १० रुपैयाँ जोड्ने हो भने १ हजार ७० रुपैयाँ पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);