स्वास्थ्यमा उल्लेख्य सुधारपछि प्रधानमन्त्री ओलीको यस्तो ट्वीट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्यमा उल्लेख्य सुधारपछि प्रधानमन्त्री ओलीको यस्तो ट्वीट

PM hospital report

काठमाडौं, १२ मंसिर । ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले बिहिवार विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिनुभएको हो ।

ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिदै ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पु¥याइएको थियो । स्वास्थ्य परिक्षणमा उहाँलाई ‘एपेन्डिसाइटिस’ हुनुका साथै पेटको संक्रमण पेरिटोनाइटिस समेत देखिएको थियो । त्यस लगत्तै विशेषज्ञ चिकित्सकको टोलीले ‘ल्यापरोटोमी’ र ‘एपोन्डेक्टोमी’ विधिबाट शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै रहनुहुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);