विदेशबाट मन्त्रीपरिषद् बैठक संचालन गर्दा देशको गोपनियता कहाँनिर सुरक्षित हुन्छ : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विदेशबाट मन्त्रीपरिषद् बैठक संचालन गर्दा देशको गोपनियता कहाँनिर सुरक्षित हुन्छ : नेता रावल

bhim rawal-dhangadhi

धनगढी, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले सरकारले अहिलेसम्म राम्रो काम गर्न नसकेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा सरकारको विरोधमा बोल्नुभएको हो ।

सरकार गठन भएदेखिनै लगातार रुपमा सरकारको विरोध गर्दै आउनु भएका रावल पछिल्लो समय सरकारको प्राय निर्णयहरुका विरुद्ध बोल्दै आउनु भएको छ । उहाँले उपचारका क्रममा सिंगापुर पुग्नु भएका प्रधानमन्त्रीले भिडियो कन्फरेन्स मार्फत् गर्नु भएको मन्त्री परिषद्को बैठकको पनि आलोचना गर्नुभयो ।

त्यस्तै सरकारले विदेशी नागरिकलाई नागरिकता वितरण गर्ने, नेपालमा सम्पन्न भएको बिम्स्टेक सम्मेलन, सरकारले ल्याएको निती कार्यक्रम तथा बजेट, सिके रावत संगको सम्झौता लगाएतका बिषयमा शृंखलाबद्ध रुपमा रावलले सरकार विरुद्ध आवाज उठाउँदै आएका थिए ।

आयोजित पत्रकार भेटघाटमा तत्कालिन एमालेका नेता कार्यकर्ता र रावल निकट नेकपाका कार्यकर्ताको उपस्थिति थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);