नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई : भीम रावल

धनगढीमा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताउनुभएको छ । आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभएको हो ।

नेता रावलले नेकपा कमजोर पार्टी नभएकाले सहजै नफुट्ने उल्लेख गर्नुभएको छ । नेकपा कमजोर आधारमा बनेको पार्टी नभएको बताउँदै उहाँले ८ लाख कार्यकर्ता भएको विशाल पार्टी सहजै नफुट्ने दावी समेत गर्नुभएको छ ।

अहिले पार्टीभित्रको विवाद पद र भागबण्डाको लागि नभएको नेता रावलको दावी छ । नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने भएकाले पार्टी फुट्ने विषय नै आधारहिन रहेको प्रष्ट पार्नुभएको छ ।

कार्यक्रममा उहाँले फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताको लागि दोस्रो पुस्ताका नेतालाई पार्टी नेतृत्व दिनुपर्ने भाषण गर्दै हिँडेको आरोप समेत लगाउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);