अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता हुँदैन :भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता हुँदैन :भीम रावल

काठमाडाैं,१० मंसिर। नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ ।

माउन्टेन टेलिभिजनसंग कुराकानी गर्दै रावलले प्रस्तावमा दाहालले उठाउनु भएका बिषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उल्लेख गर्नुभयो । नेता रावलले कसैले चाहदैमा नेकपा नफुट्ने समेत दाबी गर्नुभयो ।

गत कार्तिक २८ गते दाहालले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावका कारण ओली र दाहालबीच तित्तता बढेको छ । दाहालद्वारा प्रस्तुत प्रस्तावमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);