भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै


काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैहुनुहुन्छ । श्रृंगला बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उहाँको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको जनाइएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपालको औपचारिक भ्रमणका क्रममा श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ । उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ ।

त्यसअघि परराष्ट्र सचिवहरुबीच दुईपक्षीय विषयहरुमा वार्ता हुने छ । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर श्रृंगला स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);