भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै,यस्तो भ्रमण तालिका | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै,यस्तो भ्रमण तालिका

काठमाडौं, १ फागुन । भारतका विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदैछन् । क्वात्राले नेपाली समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा फाल्गुण १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । सोमबार बिहान १०ः३० मा काठमाडौँ उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुने जनाइएको छ ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको बताइएको छ । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ ।

यस भ्रमणले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । आजै क्वात्राले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।

सचिव क्वात्रा मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);