देश कता जाँदैछ : डा.कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देश कता जाँदैछ : डा.कोइराला

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको प्रति असन्तृष्टि जनाएका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गर्ने भन्ने तर संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्,‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’

सरकारले आज ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषदको बैठक बसेर सो निर्णय लिइएको हो । प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);