जनयुद्धको २८औँ वार्षिकोत्सव पेरिसडाँडामा मनाइयो (हेरौं तस्बिर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जनयुद्धको २८औँ वार्षिकोत्सव पेरिसडाँडामा मनाइयो (हेरौं तस्बिर)

काठमाडौं, १ फागुन । जनयुद्धको २८औँ वार्षिकोत्सवको सुखद् अवसरमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार बिदा दिने निर्णय गरेको थियो । बिदा दिने निर्णयसँगै प्रधानमन्त्री दाहाल सरकारमा झन बलियो देखिएका छन् ।

माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौं मृत्यु र घाइते भएका थिए । शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरेपनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);