सार्वजनिक बिदाप्रति योगेश भट्टराईको आपक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सार्वजनिक बिदाप्रति योगेश भट्टराईको आपक्ति

yogesh-sampada

काठमाडौं, १ फागुन । सत्तारुढ दल नेकपा (एमाले)का नेता योगेश भट्टराईले पनि सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिएकोमा आपक्ति जनाएका छन् ।

जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिनु आवश्यक नरहेको भट्टराईको भनाइ छ । भट्टराईले सामाजिक सञ्जालमार्फत गणतन्त्र र संविधान दिवस मानिँदै आएकोमा फेरि अलग अलग बिदा किन भनी पनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक विदा कटौती गर्ने भनेको भएपनि आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिने निर्णय गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हन् ।

उनले लेखेका छन्,‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समष्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुन्’ , गणतन्त्र र संविधान दिवस मानिँंदै आएको उल्लेख गर्दै अलग अलग बिदा दिन नपर्ने उनको भनाइ छ । उनले मुलुकलाई अनावश्यक वैचारिक ध्रुविकरणमा फसाउन नहुने तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);