जनयुद्ध दिवसमा बिदा दिएकोमा बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जनयुद्ध दिवसमा बिदा दिएकोमा बिरोध प्रदर्शन

काठमाडौं, १ फागुन । सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन सुरु भएको छ ।

सरकारले सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाज बिरोध प्रदर्शनमा उत्रेका हुन् । काठमाडौं जिल्ला अदालत अगाडी नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्द्व पीडितले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।

जनयुद्ध दिवसको नाममा आज दिएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने उनीहरुको माग छ । उनीहरुले फाुगन १ गते नेपाल र नेपालीको लागि कालो दिनको रुपमा रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);