परराष्ट्रमन्त्री पौडेल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

परराष्ट्रमन्त्री पौडेल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटवार्ता गर्नु भएको छ ।

क्वात्रा र मन्त्री पौडेलबीच मन्त्रालयमा भेटवार्ता भएको हो । उहाँहरु बीच नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाउन फलदायी छलफल भएको बताइएको छ ।

। परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुग्नुभएका क्वात्रा काठमाडौं आए लगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी बन्नुभएको थियो ।

सचिव स्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा दिवाभोजमा आयोजना गरेको छ ।

विदेश सचिव क्वात्राले मंगलवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुहुने भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);