भारत-नेपाल सचिवस्तरीय संयन्त्रको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारत-नेपाल सचिवस्तरीय संयन्त्रको बैठक सुरु

काठमाडौं, १ फागुन । नेपाल र भारतबीचको द्धिपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सुरु भएको छ । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

पौड्याल र क्वात्रा विमानस्थलबाट नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन याक एन्ड यति होटलमा पुगिसकेका छन् । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको बताइएको छ ।

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने जनाइएको छ । क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सचिव क्वात्रा मंगलवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);