काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान विपरित दिएको बिदाबारे नेपाली कांग्रेसको आधिकारीक धारणा माग गरेका छन् ।
आज सरकारले दिएको सार्वजनिक बिदामा असुन्तृष्टि राख्दै रिजालले महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको धारणा माग गरेका हुन् । सरकारको उक्त निर्णय वृहत शान्ति सम्झौता र नेपालको संविधान विपरित भएको रिजालको ठहर छ ।
रिजालले सामाजिक सञ्जालमा लेखेका छन्,’एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित जनयुद्ध दिवसबारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।’
सम्झनाका लागि
नेपाली काङ्ग्रेसको सभापति श्री गिरिजा प्र कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ। माओवादी, एमाले अहिलेको एकिकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो।




