कांग्रेसको केन्द्रीय समिति बैठकस्थल कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसको केन्द्रीय समिति बैठकस्थल कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् । सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेलसमेत भएको थियो । पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);