कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । 

रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । 

पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा छन् भने नेता शेखर कोइरालाले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडान छोडेका छैनन् ।

बैठकले आगामी चुनावको लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);