'हारको जिम्मेवारी केन्द्रीय समितिको' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘हारको जिम्मेवारी केन्द्रीय समितिको’

nepali congress metting

काठमाडौं, १७ बैशाख । निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णयसहित एक महिनाभन्दा बढी समयदेखि चलिरहेको कांग्रेस बैठक आइतबार टुंगिएको छ । बैठकले चुनावी हारको खास कारण वाम गठबन्धन रहेको निष्कर्ष निकाल्दै आगामी भदौमा पार्टी महासमिति र जेठ अन्तिमसम्म जिल्ला सभापति भेला गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार विधानविपरीत गठन भएका समितिहरू भंग गरिएको छ । जसअनुरूप कार्यसम्पादन समिति र संसदीय समिति अब अस्तित्वमा रहने छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बैठकको निर्णय बहुमत निर्णय रहेको तर यसमा आफ्नो असहमति रहेको प्रतिक्रिया दिएका छन् । उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बैठकअघि सभापति शेरबहादुर देउवासँग भएको सहमतिअनुसार निर्णय आएनन् ।’ नेता पौडेलले चुनावी हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने मत राख्दै आइरहेका छन् । उनको यही मतका कारण शनिबार बस्ने भनिएको बैठक आइतबार साँझ मात्रै सुरु हुन सक्यो । त्यसअघि पार्टी सभापति देउवा र पौडेलबीच बैठकलाई निष्कर्षमा पु¥याउने भन्दै पार्टी कार्यालय सानेपामा अनौपचारिक छलफल भएको थियो ।

बैठकको उत्तरार्ध शृंखलामा संक्षिप्त भनाइ राख्दै सभापति देउवाले यसअघिका सबै कमीकजोरीलाई बिर्सेर पार्टीभित्र एक भई अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा उठेका सबै कुरालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले सबैको मागअनुरूप नै समितिहरू भंग गरिएको जानकारी दिए ।

यसअघि सभापति देउवा संसदीय समिति मात्र विघटनको पक्षमा थिए । तर, बैठकमा गगन थापालगायत युवा नेताले विधानविपरीत गठन गरिएका सबै समिति भंग नगरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने मत राखेपछि सभापति देउवा यस्तो निर्णयमा पुगेका हुन् ।

सोही बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै बैठकका निणर्य पेस गरेका थिए । शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल र विजय गच्छदारले समकालीन राजनीति र पार्टीको राजनीतिक ताकतबारे प्रश्न उठाएपछि सभापति देउवाले महामन्त्री कोइरालालाई पौडेल पक्षको समेत सहभागितामा निर्णय प्रतिवेदन तयार पार्न निर्देशन गरेका थिए । प्रतिवेदन लेख्ने काममा महामन्त्री कोइरालासँगै सभापतिको प्रतिनिधिका रूपमा प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेलको प्रतिनिधिका रूपमा नवीन्द्रराज जोशी सहभागी भएका थिए ।

– महासमिति बैठक भदौ अन्तिम साता

– जेठ मसान्तमा जिल्ला सभापतिको भेला

– चुनाव हारको जिम्मा पार्टी केन्द्रीय समितिले लिने

– पदाधिकारी मनोनयन गर्न निर्वाचित केन्द्रीय सदस्यको बैठक

– कार्यसम्पादन र संसदीय समिति विघटन गर्ने

लामो समयसम्म पटक–पटक भएको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी मनोनयनको तयारी गरेर आफू सन्तुलनमा रहने रणनीति बनाइरहेका छन् ।

देउवाले डाके पदाधिकारी मनोनयनका लागि निर्वाचित समितिको बैठक
केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै सभापति देउवाले पार्टीको पदाधिकारी मनोनयन गर्नेका लागि सोमबार बिहान निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको दुई वर्षभन्दा बढी समय घर्कंदा देउवाले बल्ल पार्टी पदाधिकारी मनोनयनका लागि कसरत गरिरहेका छन् । उपसभापति, महामन्त्री र सहमहामसहित ९ सदस्य मनोनयन हुन बाँकी छन् ।

बैठक सकिएलगत्तै देउवाले सोमबार बिहान साढे ८ बजे बैठक डाकेपछि पौडेल र कृष्णप्रसाद सिटौललगायत नेताले यसमा आपत्ति जनाएका थिए । पौडेल र सिटौलाले केही दिनपछि मात्र पदाधिकारी मनोनयनको बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै आइरहेका छन् । आजको अन्नपुर्णपोष्टमा खवर छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);