कांग्रेस केन्द्रिय समितिको बैठक अझै बस्न सकेन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कांग्रेस केन्द्रिय समितिको बैठक अझै बस्न सकेन्

congress

काठमाडौं,१६ बैशाख । महासमिति बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक पनि प्रभावित भएको छ । शनिबार स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको भए पनि अझै बैठक सुरु हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवा बाम गठबन्धनका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकाल्दै तत्काल महासमिति बैठक बोलाउनुनपर्ने पक्षमा छन् । तर, नेता रामचन्द्र पक्षधर नेताहरु भने निर्वाचनमा हारको जिम्मेवारी सभापतिले लिनुपर्ने र तत्काल महासमिति बैठक बोलाउनुपर्ने अडानमा छन् ।

आजको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी गरिएको छ । तर, सहमति जुट्न नसकेपछि बैठक बस्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);