नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

congress

काठमाडौं,१६ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

हिजो विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा महासमिति बैठकको मिति तोक्न नेता रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि हिजो बैठक बस्न नसकेको हो । पौडेलसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षका नेताहरुले तत्काल महासमिति बैठक बोलाउन माग गर्दै आएका छन् ।

सभापति देउवा बैठक बोलाउन तयार देखिएपनि तत्कालै बैठक राख्ने पक्षमा छैनन् । आजको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);