भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य समयमै सम्पन्न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८३, बुधवार

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य समयमै सम्पन्न : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य समयमै सम्पन्न हुने बताएका छन् ।

आइतबार प्रदेश ५ को संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाह्य अबरोध आउनसक्ने पनि बताए । उनले भारतसँग आकाशको अधिकार लिने र विमानहरु चल्ने बताए । भारतले जमीनमा मात्रै नभएर आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले अब आफुहरु अधिकारका लागि अघि बढ्ने बताए ।

भारतले आकाशबाट एउटा मात्रै बाटो दिएको भन्दै प्रधानमन्त्री ओलीले वीरगञ्जबाट सिमराहुँदै बिमानहरु उड्ने बताए । प्रधानमन्त्री ओलीले भारतले नेपाललाई रुट दिनुपर्ने बताउँदै आफुले भारत भ्रमणका क्रममा पनि यो विषय उठाएको जानकारी दिए ।

ताजा समाचार