नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

nekepa yekta-pm oli

भैरहवा, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने दाबी गरेका छन् । शुक्रवार भैरहवा विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका भन्दै स्थानीय तहको एकता पनि आकिस्मकरुपमा नै टुंगिने उल्लेख गरे । सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए ।

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे । उनले विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न पनि निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);