पर्यटन मन्त्री अधिकारी भन्छन : लुम्बिनी गुरुयोजना साढे दुई वर्षमा पूरा हुन्छ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

पर्यटन मन्त्री अधिकारी भन्छन : लुम्बिनी गुरुयोजना साढे दुई वर्षमा पूरा हुन्छ

confrience of lumbini

काठमाडौं, १६ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन् ।

शनिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको उनको भनाई थियो । साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने भन्दै मन्त्री अधिकारीले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको बताए ।

अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढावा दिनाका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्दै उनले ग्रेटर लुम्बिनीसँगै मोनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताए ।

सम्मेलनमा २३ देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वानको सहभागिता छ ।

ताजा समाचार