नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गिरीद्वारा बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गिरीद्वारा बैठक बहिष्कार

काठमाडौं, ४ माघ । निर्वाचनपछि पहिलो पटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन परिणामको समिक्षाका साथै राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने मुख्य एजेण्डा रहेको जनाईको छ । बैठकमा निर्वाचन परिणामको समिक्षा, रूपान्तरणको अभियान, महासमिति वा विशेष महाधिवेशन बोलाउनेलगायत बिषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा नेता रामचन्द्र पौडेल पक्षले पार्टीलाई नयाँ स्वरुप दिन विशेष महाधिवेशन बोलाउन दवाव दिने तयारी गरेका छन् । आज पहिलो दिनको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित हुने प्रवक्ता शर्माले जानकारी दिए ।

सीमित व्यक्ति र गुटका कुरा सुनेर ५ नं. प्रदेशको राजधानी दाङलाई नबनाएको विरोधमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबारबाट सुरु भएको बैठकमा सम्बोधन गरेर गिरीले बष्हिकार गरेका हुन् ।

नेता गिरीले प्रदेशको राजधानीबारे सुझाव दिन गठित समितिको सुझावलाई लत्याएर सरकारले एकलौटी रुपमा प्रदेशको केन्द्रमा तोकेको भन्दै आक्रोश व्यक्त गरेका थिए

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);