कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

congress meeting

काठमाडौं,४ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा गरिने, पौडेल पक्ष नेतृत्व परिवर्तनको एजेण्डा उठाउँदै ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नराम्रो पराजय व्यहोरेको कांग्रेसको केन्द्रीय समितिको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बोलाइएको छ । निर्वाचनमा शर्मनाक हार व्यहोरेपछि पार्टी सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।

पार्टीका असन्तुष्ट नेता रामचन्द्र पौडेल पक्षले देउवाले पार्टीलाई एकढिक्का बनाउन नसक्दा तथा टिकट वितरणमा उपयुक्त निर्णय नलिंदा पार्टीले हार व्यहोर्नुपरेको भन्दै नेतृत्व परिवर्तनको आवाज उठाउने तयारी गरेको छ । गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेल, गुरुराज घिमिरे लगायत केही युवा नेताले पुराना नेताका कारण पार्टी एजेण्डाविहिन बनेको र त्यसकै असर निर्वाचनमा परेको भन्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरिनुपर्ने आवाज उठाउने तयारी गरेको छ ।

बैठकमा निर्वाचन परिणामको समीक्षाका अलावा राष्ट्रिय सभाका उम्मेद्वार तय गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);