कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ गते बस्ने

congress sarkar

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी चैत ९ गते बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैत ९ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।

गत मंसिर १० र २१ गते भएका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको कांग्रेसमा केन्द्रीय सदस्यहरुले नैं हारको समिक्षाका लागि केन्द्रीय समिति र महासमिति बैठक माग गरिरहेका छन् ।

यसअघि तीन पटक केन्द्रीय समिति बैठक डाकेर पनि हारको समिक्षालाई एजेण्डा बनाउन नसकेको कांग्रेसले सबै निर्वाचन सकिएपछि बल्ल चुनावी समिक्षाको तयारी गरेको हो ।

विधानमा महाधिवेशन भएको बाहेक प्रत्यक वर्ष महासमिति बैठक बोलाउने व्यवस्था राखेको कांग्रेसले विधान अनुरुप महासमिति बैठक राख्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);