कांग्रेस बैठकले जिल्ला सभापतिको भेला र महासमिति बैठकको मिति तोक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस बैठकले जिल्ला सभापतिको भेला र महासमिति बैठकको मिति तोक्ने

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्ने भएको छ ।

शनिबार सकिन लागेको बैठकले महासमिति बैठकको मिति र स्थानको साथै जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्न लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम सकिएकाले शनिबार महासमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनका लागि प्रतिवेदन तयार गर्ने समितिहरु पनि गठन गरिने जानकारी दिए ।

उनले आज अन्तिम दिन आउने महामन्त्रीको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिमा व्यक्त भएका धारणाहरु, जिल्ला जिल्लाबाट मागेका समिक्षाका प्रतिवेदन र पार्टीका विभिन्न स्थानमा भएका भेलाबाट आएका राय सुझाव समावेश गरिने बताए ।

कांग्रेसले बैठक मार्फत निर्वाचनको समिक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने छ । केन्द्रीय समिति बैठक गत चैत ९ गते देखि सुरु भएको थियो । चैत १६ गते केन्द्रीय सदस्य खुम बहादुर खड्काको निधन भएपछि शोक मनाउन बैठक केही दिन स्थगित गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);