कांग्रेसले अंगालेको सिद्धान्तको जित : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेसले अंगालेको सिद्धान्तको जित : पौडेल

ramchandra

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सिद्धान्तको विजय भएको बताएका छन् ।
राजधानीमा शनिबार सुरु मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेपालका सबै कम्युनिष्ठहरुले संसदीय प्रणालीलाई अबलम्बन गरेबाट कांग्रेसको सिद्धान्तको विजयी भएको बताएका हुन् ।

२००७ साल देखि नेपाली कांग्रेसले राजा र कम्युनिष्ठहरुसंग संसदीय प्रणालीका लागि लड्दै आएको उल्लेख गर्दै उनले सो प्रणालीको विरोध गर्ने तीनै कम्युनिष्ठले संसदीय प्रणाली अगाल्नु नै आफुहरुको बिजय भएको बताए ।

उनले विगतका कमि कमजोरीलाई हटाएर कांग्रेसको चरित्र, मुल्य , मान्यता र निष्ठाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । दुई कम्युनिष्ठ मिलेकाले निर्वाचनमा कांग्रेसले पराजय व्यहोर्नु परेको भनी हल्का टिप्पणी गरेर मात्रै नहुने भन्दै उनले पराजयको जिम्मेवारी सबैले आ आफ्नो स्थानबाट लिँदै लोकतन्त्र विरोधी शक्ति विरुद्ध एकढिक्का भएर लड्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले छिट्टै पार्टीको महासमितिको बैठक बस्ने र सो बैठकले संघीय संरचनाको स्वरुप अनुरुप समावेशी सिद्धान्त अनुसार पार्टीको विधान संशोधन गर्दै मुस्लिमहरुलाई आरक्षणको व्यवस्था गर्ने बताए ।

नेपाली कांग्रेसले हरेक धर्मलाई समान रुपले हेर्ने भएकाले सबैलाई आ आफ्नो धर्म र संस्कृति अनुसारका पर्वमा सार्वजनिक विदा दिएको उल्लेख गर्दै उनले अहिलेको सरकारले विदा कटौति गरेकोमा आपत्ती जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);