नेपाली कांग्रेसमा संस्थापन पक्षका नेताद्वारा सभापति देउवाको बचाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाली कांग्रेसमा संस्थापन पक्षका नेताद्वारा सभापति देउवाको बचाउ

sher bdr deuwa

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा संस्थापन पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा असन्तुष्ट पक्षका नेताहरुले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भएको हारको जिम्मा सभापति देउवा एक्लैले लिनुपर्ने बताएकामा देउवा पक्षीय नेताले भने असन्तुष्ट पक्षमाथि पार्टीलाई कमजोर बनाउन भूमिका खेलेको आरोप लगाएका छन् । बैठकमा बिमलेन्द्र निधि र डाक्टर प्रकाशशरण महतले रामचन्द्र पौडेलमाथि लिखितरुपमा असहमति जनाएकामा आपत्ति जनाए ।

उनिहरुले निर्वाचन परिचालन समितिको संयोजकको नाताले हारको जिम्मेवारी पौडेलले पनि लिनुपर्ने भन्दै जिम्मेवारीमा रहेको नेताले नेतृत्वमाथि लिखितरुपमा असन्तुष्टि जनाएर पार्टीलाई कमजोर बनाउन भूमिका खेल्नु आपत्तिजनक भएको बताए । उनिहरुले पौडेलमाथि टिकट वितरणदेखि हरेक अवसरमा भागबण्डा खोजेको आरोप लगाउँदै चुनावी हारमा पानीमाथिको ओभानो बन्न नपाउने बताए । उनिहरुले पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुँदै आएकाले सभापतिलाई दोष दिएर अरु नेता जिम्मेवारीबाट भाग्न नपाउने बताए ।

बैठकमा निधिले डेढ घण्टा तथा महतले पौने दुई घण्टा बालेका थिए । बुधबारको बैठकमा धारणा राखेका महेश आचार्यले नेतृत्व तहमा बसेका सबै नेताले चुनावी हारको जिम्मेवारी लिनुपर्ने बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय नाकाबन्दीको विरोध गर्न नसक्नु, सरकारको नेतृत्वमा रहँदा गलत निर्णय गर्नु लगायत विभिन्न ६ कारण पार्टीले पराजय व्यहोरेको बताए । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले बैठक आज पनि बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);