पौडेल पक्षद्वारा आज पनि केन्द्रीय कार्य समितिको बैठक वहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पौडेल पक्षद्वारा आज पनि केन्द्रीय कार्य समितिको बैठक वहिष्कार

nepali congress

काठमाडौं, २९ मंसिर । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भनिएको बैठक अझै बस्न भने सकेको छैन । वरिष्ठ नेता सामचन्द्र पौडेल पक्षले भने आजको बैठक पनि बहिष्कार गर्ने भएका छन् ।

१४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षका नेताहरुले बताएका छन् । संस्थापन पक्ष अर्थात पार्टी सभापति शेर बहादुर देउवा समयमै महाधिबेशन नगरेर आफनो कार्यकाल लम्ब्याउने पक्षमा रहेको भन्दै पौडेल पक्षले त्यसप्रति असन्तुष्टि जनाउदै आएका छन् ।

केन्द्रिय कार्यसमिति बैठकमा महाधिबेशनको कार्यसुची नराखेको भन्दै पौडेल सहितका नेताहरुले मंसिर २६ गते बसेको बैठक पनि बहिष्कार गरेका थिए । पौडेल पक्षले समयमै पार्टीको महाधिबेशन गर्नु पर्ने अडान राख्दै आएको छ । असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहितका नेता शनिबार पौडेलकै निवासमा पुगेका थिए ।

पौडेलले महाधिबेशनको कार्यातालिका ल्याउनुपर्ने अडान दोहोरयाएपछि सहमति बन्न सकेन । त्यसै गरी आइतवार बिहान पनि पौडेल पक्षका नेताहरुलाई मनाउने संस्थापन पक्षको प्रयास सफल हुन सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);