कांग्रेसमा लफडा कायमै : पौडेल पक्षीय नेताले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसमा लफडा कायमै : पौडेल पक्षीय नेताले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार

ramchandra poudel

काठमाडौं, ३० मंसिर । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले बहिष्कार गरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक बुधवार बस्नेगरी स्थगित भएको छ ।

सोमवार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा पौडेल पक्षका नेताहरु अनुपस्थित रहेपछि बुधवार बस्नेगरी स्थगित भएको हो । बैठकमा सभापति शेरबहादुर देउवा पक्षले १४औं महाधिबेशनको कार्यसुची पेश नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छन् ।

आइतवार बसेको बैठक पनि पौडेल पक्षीय नेताहरुले बहिष्कार गरेपछि बिषय बस्तुमै प्रवेश नगरी सकिएको थियो । बैठकमा पार्टीका बिभिन्न बिभागहरुको बिस्तार लगायतका ९ वटा बुँदा छलफलका लागि तय भएपनि महाधिबेशनको बारेमा भने उल्लेख गरिएको छैन ।

पौडेल पक्षका नेताहरुले सभापति देउवाले आफ्नो कार्यकाल लम्ब्याउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षका नेताहको अडान रहेको छ ।

असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा लगायततका नेताहरुले गरेको प्रयास सफल हुन सकेको छैन । कांग्रेसमा गुटगत बिवादकै कारण भातृ संस्थाहरु नेपाल बिद्यार्थी संघ, तरुणदल लगायतको नेतृत्व समेत चयन हुन सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);