देउवा नेतृत्व कांग्रेस इतिहासकै असफल : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवा नेतृत्व कांग्रेस इतिहासकै असफल : नेता सिंह

Prakashman-Singh

काठमाडौं,९ चैत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले शेरबहादुर देउवाको नेतृत्व कांग्रेस इतिहासकै असफल भएको टिप्पणी गरेका छन् । सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा सिंहले देउवाकै कारण तीन तहको निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको आरोप पनि लगाए ।

उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार्नुको कारणबारे गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताए । पार्टीमा गुट र उपगुट मौलाउँदै गएकाले बेलैमा ध्यान नदिए पार्टी थप कमजोर हुने उनको भनाइ छ । चार महिना पहिले भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भएको हारको समीक्षाका लागि चर्को आवाज उठिरहेका बेला कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको हो ।

चुनावी हारपछि असन्तुष्ट पक्षले पार्टीको विशेष महाधिवेशनको माग गर्दै आएको छ । सभापति शेरबहादुर देउवा पनि बैठकबाट महासमिति बैठकको मिति तोक्ने मनस्थितिमा रहेको उहाँ निकट नेताहरुले बताएका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);