देउवालाई असफल बनाउने रणनीतिमा शीर्ष नेता | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

देउवालाई असफल बनाउने रणनीतिमा शीर्ष नेता

sher bdr deuwa

काठमाडौं, ३० जेठ । असार ५ देखि तीन दिन हेटौंडमा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् ।

उनीहरुले यस विषयमा आन्तरिक लबिङ नै शुरु गरेका छन् ।  पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउने नेताहरुको आन्तरिक योजना रहेको बुझिएको छ ।

वैशाख १६ गते भएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिको भेला हेटौंडामा गर्ने निर्णय गरेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

ताजा समाचार