अपडेट : काभ्रेमा बोलेरो दुर्घटना हुँदा ६ को मृत्यु, पाँच जनाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अपडेट : काभ्रेमा बोलेरो दुर्घटना हुँदा ६ को मृत्यु, पाँच जनाको सनाखत

accident

काभ्रे, १० असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निगालेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ ।

एक वर्ष आठ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ । प्रहरीले घाइते अभिषेक तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँंमा उपचारका लागि लगिएको जनाएको छ । ११ जना यात्रु घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);