आसन्न निर्वाचनमा माओवादी एक्लै लडेर चुनाव जित्ने प्रयासमा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आसन्न निर्वाचनमा माओवादी एक्लै लडेर चुनाव जित्ने प्रयासमा : प्रचण्ड

Prachanda

काठमाडौं, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एक्लै लडेर चुनाव जित्ने कोसिसमा आफ्नो पार्टी लागि परेको बताएका छन् ।

अध्यक्ष दाहालले चुनावी तालमेलका लागि काँग्रेस र एमालेसँग पनि छलफल भईरहेको जानकारी दिए । चितवनको भरतपुरका संचारकर्मीमाझ कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);