बरामद मास्क तत्कालै बिक्री वितरण गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बरामद मास्क तत्कालै बिक्री वितरण गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौं, ३ चैत । महान्यायाधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेका मास्क तत्कालै बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले सोमबार नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले काठमाडौंको कपन र सतुंगलबाट बरामद गरेको थियो । यस्तै गएको शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।

प्रहरीले बरामद गरेको मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरिरहेको बेला महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);