२०८ औँ भानुजयन्ती मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२०८ औँ भानुजयन्ती मनाइँदै

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आजको २०८ औं जन्मजयन्ती हो ।

देशको राजनीतिक घटनाक्रम तथा कोरोना महामारीका कारण यस वर्षको भानु जयन्ती औपचारिकतामा मात्र सीमित भई मनाइएको छ । विगतका वर्षहरुमा विद्यालय, क्याम्पसहरुलगायत विभिन्न संघ संस्थाले भानु जयन्ती उत्सवका रुपमा मनाउने भएपनि यसवर्ष भने यस्ता कार्यक्रमहरु छैनन् ।

भानुभक्तले भग्वान रामको जीवनी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेको बताइन्छ ।

विं.स १८७१मा तनँहुको चँुदी रम्घा भन्ने स्थानमा उनको जन्म भएको हो । भानुभक्त नेपाली भाषाका प्रथम कवि हुन् । कविता तथा औपचारिक साहित्यहरु संस्कृत भाषामा लेखिने समयमा उनले नेपाली भाषामा कविता लेख्न थालेको हुन् । त्यसैले पनि उनलाई आदिकवि भनिन्छ ।

प्रस्तुत छ भानुभक्तका सुन्दर रचनाहरु मध्ये एक कविता ‘घाँसी’
भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);