बुटवलमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुपन्देही, ८ पुष । बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको छ ।

गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका संजय नेपालीलाई पक्राउ गरेको छ ।

शुक्रबार बेलुका नेपाली र गिरीबिच झगडा भएको थियो । बेलुका झगडा भएको र बिहान गिरीको शव भेटिएकाले अनुसन्धानका लागि नेपालीलाई पक्राउ गरिउको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);