पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता : मन्त्री महासेठ

mantri mahaseth

काठमाडौं, ६ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको बताए । उनले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेल मार्ग निर्माणको कामलाई अघि बढाएको उल्लेख गरे ।

मन्त्री महासेठले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिन सरकारले २ हजारभन्दा बढि सडक र पुल निर्माण योजना अघि सारेको बताए । विकास र समृद्धिका लागि सडक पुलको निर्माण अतिउपयोगी हुने मन्त्री महासेठको भनाई छ ।

ताजा समाचार