फितलो कानुन कार्यान्वयनले लैंङ्गिक हिंसाका घटना झन बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फितलो कानुन कार्यान्वयनले लैंङ्गिक हिंसाका घटना झन बढ्दो

sapana pradhan malla

ललितपुर, ६ पुस । कानुनविद तथा नीति निर्माताले लैंङ्गिक हिंसा विरुद्धका कानुन पर्याप्त भएपनि कार्यान्वयन फितलो हुँदा महिला हिंसा नरोकिएको बताएका छन् ।

शुक्रबार ललितपुरमा भएको कार्यक्रममा कानुनविद तथा नीति निर्माताहरुले लैंङ्गिक हिसाका घटनाहरु झन बढदै गएको भन्दै यसमा फितलो कानुन कार्यान्वयनलाई  मुख्य कारण औंल्याए । उनीहरुले भदौं एक गते देखि मुलुकी फौजदारी तथा देवानी संहिता र कसुर तथा सजाय निर्धारण ऐन कार्यान्वयनमा आएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपराध घटन नसकेको बताए ।

सर्वाेच्च अदालतकी न्याधीश सपना प्रधान मल्लले पहिलेको तुलनामा अदालको काम कारवाही सुधारउन्मुख भएको बताउनुभयो । पहिलेको तुलनामा अदालमा महिला हिंसाका मुद्धाहरु पेन्डिङ नरहेको बताईन् ।

पीडितहरुलालाई न्याय माग्न प्रोेत्साहन नगरिएको तथा न्याय माग्न पुगेका पीडितहरुलाई थप पिडा हुने पनि अस्वभाविक व्यवहारबाट समस्या हुने गरेको सहभागिहरुको भनाई थियो । उनीहरुले कानुन कार्यान्वयनका इकाइहरुमा बसेकाहरुले त्यस्तो व्यवहार बदल्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);