आगामी बैशाख भित्र काठमाडौंका सबै सडक कालोपत्रे : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगामी बैशाख भित्र काठमाडौंका सबै सडक कालोपत्रे : मन्त्री महासेठ

raghubir mahaset

काठमाडौं, ३१ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाख भित्र काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सडकको उचित व्यवस्थापन गर्ने घोषणा गरेका छन् । मन्त्री महासेठले विगतका सरकारका कमी कमजोरीका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था अस्तव्यस्त बनेको बताए ।

उनले वर्तमान सरकार गठन भएयता काठमाडौंको सडकमा सुधार आएको उल्लेख गर्दै आगामी बैशाख भित्र सबै खाल्डाखुल्डी पुरेर कालोपत्रे समेत गर्ने घोषणा गरे । संघीय संसद विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा समितिका सदस्यहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महासेठले मेलम्ची खानेपानी आयोजना व्यवस्थापनका कारण पनि काठमाडौंको सडकको उचित व्यवस्थापनमा समस्या आएको स्पष्टिकरण दिए ।

मन्त्री महासेठले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन ऐनमै समस्या देखिएको उल्लेख गर्दै त्यसमा सुधार ल्याउन पनि सरकारले ऐन संशोधनको कामलाई अघि बढाउनु परेको स्मरण गराए । मन्त्री महासेठले वर्षातको समयका कारण पनि सडकको उचित व्यवस्थापनको काम अघि बढाउन कठिनाई भईरहेको बताए ।

बैठककमा समितिका सदस्यहरुले पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर काम हुने गरी नीतिगत निर्णय लिन पनि मन्त्री महासेठको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);