सरकारद्धारा सडक सुरक्षा परिषद गठन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारद्धारा सडक सुरक्षा परिषद गठन गर्ने तयारी

mahasetha

काठमाडौं, ५ चैत । सरकारले सडक सुरक्षा परिषद गठन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सडकलाई सुरक्षित बनाउन सो सम्बन्धि आवश्यक कानुन बनाउने कामलाई अघि बढाइएको बताए ।

मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जन-चेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);