नारायणगढ–मुग्लिन सडकमा १४ वटा नयाँ पुल बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकमा १४ वटा नयाँ पुल बन्दै

pul chitwan

चितवन, १६ चैत । नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा नयाँ पुल बनाइने भएको छ । सडक आयोजनाका अनुसार एक बर्षभित्र नयाँ १४ वटा पुल बनाइने छ ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले पुल बनाउनका लागि विश्व बैंकसँग बजेट माग गर्ने फाईलमा हस्ताक्षर गरेका छन् । सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले हस्तक्षर गरेकाले ती पुललाई नक्सांकन सहित निर्माण गर्ने गरि ठेक्का दिने तयारी गरिएको जानकारी दिए ।

असारभित्रमा विश्व बैंकसँग सम्झौता गर्ने तयारी छ । सो सडक खण्डमा अहिले चार वटा पुलको निर्माण भइरहेको छ । त्यस्तै नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन अब १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);