इलामको खोलाबाट नदीजन्य बस्तुको गैरकानुनी उत्खनन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलामको खोलाबाट नदीजन्य बस्तुको गैरकानुनी उत्खनन

nadijanya illam

इलाम, १६ चैत । मापदण्ड विपरीत इलामको खोलाबाट नदीजन्य बस्तुको उत्खनन भइरहेको छ । मापदण्ड विपरीत खोलाबाट बालुवा गिट्टी उत्खनन् भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

इलाम चुलाचुलीमा पर्ने रतुवा, विरिड र मावा खोलाबाट दैनिक डेढ सय ट्रिपर बालुवा गिट्टी निकासी हुने गरेको छ । इलामका स्थानीय तहहरुले आम्दानीको स्रोत गुमाइ रहँदा पनि मौन बसेका छन् ।

चुरे क्षेत्रमा उत्खनन् बढेपछि वातावरणीय क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ । झापा जिल्ला समन्वय समितिमार्फत ठेक्का लगाएर इलामका खोलाको नदीजन्य बस्तुको उत्खनन् गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);