मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन्

nadijanya bara

बारा, ६ साउन । बाराको निजगढ नगरपालिका १२ स्थित चुरे फेदको भक्तलाल खोलाबाट नियम विपरित नदीजन्य बस्तुको उत्खनन् भइरहेको छ ।

चुरे फेदबाट १ किलोमिटर क्षेत्र भित्र नदीजन्य बस्तु उत्खनन् गर्न पाइँदैन तर भक्तलाल खोलामा धमाधम नदीजन्य बस्तुको उत्खनन् भइरहेको छ । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई उत्खनन्बारे जानकारी गराएपनि रोक्नका लागि चासो दिएको छैन ।

पप्पु रञ्जन जेभी वीरगञ्जले ७ करोड ८४ लाखमा नदीजन्य बस्तु उत्खनन् गर्ने जिम्मा पाएको छ । तर, मापदण्ड विपरित उत्खनन् भइरहेको भन्दै सरोकारवालाले तत्काल नदीजन्य बस्तु उत्खनन्मा रोक लगाउन माग गरेका छन् ।

ताजा समाचार