मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् गर्ने साधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् गर्ने साधन नियन्त्रणमा

झापा, ९ जेठ । झापा प्रहरीले मापदण्ड विपरित नदीजन्य सामग्री उत्खनन् गरिरहेका ट्याक्टर, स्काभेटर र टिपरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्ला समन्वय समिति झापाको आदेश विपरित नदीजन्य सामग्री उत्खन्न गरिरहेका १० वटा ट्याक्टर, स्काभेटर र टिपरलाई निन्दा खोला र मेची नदीबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टर, स्काभेटर र टिपरलाई कारबाहीका लागि जिल्ला समन्वय समिति पठाइएको झपाका प्रहरी नायव उपरीक्षक दिनेशकुमार बस्नेतले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);