नदीजन्य पदार्थ उत्खनन् गर्ने तीन जेसिबी सहित १६ टिपर नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नदीजन्य पदार्थ उत्खनन् गर्ने तीन जेसिबी सहित १६ टिपर नियन्त्रणमा

पुष्कर भट्ट
कञ्चनपुर, २५ असोज । महाकाली नदीबाट नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि प्रहरी र ठेकेदारबीच विवाद देखिएको छ । उत्खनन्को विषयलाई लिएर प्रहरी र ठेकेदारबीच आरोप प्रत्यारोप समेत चलको छ ।

ठेकेदारले गैर कानुनी रुपमा उत्खनन् गरेकोले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ भने प्रहरीले अनावश्यक रुपमा समस्या सिर्जना गर्दै आएको ठेकेदारको दावी छ ।

कञ्चनपुर महाकाली नदीमा ठेकेदारले मापदण्ड विपरित नदीमा जेसिभी लगाएर उत्खनन् भईरहेको भन्दै प्रहरीले शनिबार तीन जेसिभी सहित १६ टिप्पर नियन्त्रणमा लिएपछि प्रहरी र ठेकेदार कम्पनी बिच विवाद भएको छ ।

शनिबार बिहान प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैया महाकाली नदी क्षेत्रबाट जेसिभी, चालक र टिप्पर नियन्त्रणमा लिएको थियो । महाकाली नदीबाट उठाईने नदीजन्य पदार्थको रोयल्टी काट्ने जिम्मा पाएको भवानी निर्माण सेवाले बिना कारण काम गरिरहेका चालक, टिप्पर र जेसिभी नियन्त्रणमा लिएर दुःख दिन खोजेको जनाएको छ ।

भवानी कम्पनीका प्रतिनिधि तेज बहादुर चन्दले महाकाली नदीबाट ढुङ्गा, गिट्टी वालुवा उत्खनन्का लागि जेसिभीकै प्रयोगको आवश्यकता भएको बताउनु भयो । महाकालीबाट ग्राभिलिङ्ग संकलनका लागि हात वा अन्य औजारबाट सम्भव नहुने भएकाले जेसिभीको विकल्प नभएको उहाँको तर्क छ ।

भीमदत्त नगरपालिकाबाट तीन करोड ७५ लाख रुपैयाँमा ठेक्का लिएको बताउँदै उहाँले नगरपालिकाको सम्झौतामा प्रहरी लगाए जस्तो रोक नभएको बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश कुमार आचार्यले भने मापदण्ड विपरित उत्खनन् र नदी खोलामा लगाउनै नहुने जेसिभी लगाएर उत्खनन् गरेकाले नियन्त्रणमा लिएको दावी गर्नुभयो ।

महाकाली नदी किनारमा रोकिएका टिप्पर र चालक केही घण्टापछि छाडेपनि तीन जेसिभी भने प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);