सुर्खेतको झुप्राखोलामा मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुर्खेतको झुप्राखोलामा मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन

सुर्खेत, २४ जेठ । सुर्खेतको झुप्राखोलामा मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन् भइरहेको छ । ठेकेदार कम्पनीले सम्झौता विपरीत नदीजन्य बस्तुको उत्खनन् गर्दा झुप्राखोलाको बादी बस्ती जोखिममा परेको छ ।

जिल्ला समन्वय समिति र ठेकेदार कम्पनीबीच ७५ सेन्टिमिटरभन्दा गहिरो खन्न नपाइने सम्झौता भएपनि एक्साभेटर प्रयोग गरेर १० मिटर गहिरो खाल्डो खनिएको छ ।

बस्तीदेखि पाँच सय मिटर टाढामात्र उत्खनन गर्नुपर्ने सर्त भएपनि झुप्राखोलामा बस्तीको पाँच मिटरमै खनिएको छ । जथाभावी ढुंगा–बालुवा झिक्दा सो बस्तीका २० घर परिवार जोखिममा परेका छन् ।

जेठ मसान्त सकिन लागेकाले ठेकेदारलाई दुईवटा एक्साभेटर चलाउन अनुमति दिएको जिल्ला समन्वय समितिको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);