गोदावरी खोलाबाट जथाभावी ढंगले ढुंगा, बालुवा, गिट्टी उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गोदावरी खोलाबाट जथाभावी ढंगले ढुंगा, बालुवा, गिट्टी उत्खनन्

nadi janya

तेज बोहरा
कैलाली, १३ पुस । सुदुर पश्चिम प्रदेशको राजधानी गोदावरीको तेघरी गोदावरी खोलाबाट जथाभावी ढंगले ढुंगा, बालुवा, गिट्टी उत्खनन् भइरहेको छ । गोदावरी खोलाको सीमित क्षेत्रबाट मात्र उत्खनन्का लागि अनुमति पाएको ठेकदार कम्पनीले मनपरी उत्खनन् तथा संकलन गरिरहेको छ ।

गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (आईई) गरी गोदावरी खोलाको महरा टोलदेखि गोदावरी घाटसम्म उत्खनन् गर्न स्वार कन्स्ट्रक्सन प्रालिलाई ठेक्का प्रदान गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रबाट समेत दैनिक १५ देखि २० ट्याक्टर उत्खनन् तथा संकलन गरी निकासी भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

नगरपालिकाले जबरजस्ती आईइ प्रतिवेदन पास गरेर उत्खनन् गरीरहेको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् । नदीमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् तीव्र पारिएपछि उक्त कार्य रोक्न स्थानीयले विरोध गरेका हुन् ।

स्थानीय धर्मराज ओझाले जिल्ला समन्वय समितिको अनुमति बिना नगरपालिकाले अवैध उत्खनन् गर्दा पनि समिति मौन रहेको गुनासो गरे । नगरपाकिाले भने आईइ प्रतिवेदनमा पास भए अनुसार नै उत्खनन्का लागि अनुमति पाएको क्षेत्रबाट मात्र उत्खनन् भइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);